किशोरी बलात्कार गरि फरार रहेका एक अभियुक्तलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ महानगरपालिका–७ चावहिल बस्दै आएकी १६ वर्षिया किशाेरीलाई कात्तिक २ गते ललाई फकाई प्रलोभनमा पारी बलात्कार गरेर फरार रहेका अभियुक्त २१ वर्षिय सुजन कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
दोलखा शैलुङ्गेश्वर गाउँपालिका–३ घर भई काठमाडौँको सिफल बस्ने कार्कीलाई सामाखुसीबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले बताए ।
‘बलात्कारपछि फरार भएका कार्की खोजी गर्ने क्रममा सामाखुसीबाट पक्राउ परेका हुन्, ‘एसएसपी थापाले भने, ‘थप अनुसन्धानको लागि कार्कीलाई महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको छ ।’