आगनमा खेलिरहेकी बालिकाको अपहरण

काठमाडौं।

रौतहटमा बिहीबार साँझ आफ्नै घरको आगनमा खेलिरहेकी बालिका अपहरणमा परेकी छिन् ।

प्रहरीका अनुसार साँझ सवा ७ बजे अपहरणमा परेकी बालिकाका आफन्तलाई त्यसको १५ मिनेटपछि अज्ञात व्यक्तीले फोन गरि २० लाख रुप‌ैयाँ फिरौती मागेका थिए। ती बालिकाको शकुशल उद्धार गर्दै प्रहरीले अपहरणकारीलाई पनि पक्राउ गरेको छ।

राजपुर नगरपालिकाको इद्रिस गेटमा पैसा लिएर नल्याए बालिकाको ज्यानसमेत लिने धम्कि ती व्यक्तीले दिएको प्रहरीको दावी छ। प्रहरीले  बालिकालाई राजपुर-१ बहुअर्वा मदरसा नजिक बाँसले बनाएको खातमा सुताइरहेको अवस्थामा बालिकाको उद्धार गरेको थियो l

प्रहरीले हुसेनले घटनामा प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल पनि बरामद गरेको र बालिकालाई अपहरण गरेको आरोपमा राजपुर-७ का २४ वर्षीय महमद अविर हुसेन पक्राउ परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज