महिलाहरुको स्वयम्सेवी संस्था इनरह्वील पर्वतको अध्यक्षमा खिममायाँ पाईजा गिरी

कुश्मा, पर्वत ।

महिलाहरूको अन्तरास्ट्रिय सेवामुलक संस्था इनरह्वील इन्टरनशेनल, डिष्ट्रिक ३५० नेपाल अन्र्तगत इनरह्वील क्लव अफ पर्वतको अध्यक्षमा खिममायाँ पाईजा गिरी चयन हुनु भएको छ । क्लवको वुधवार सम्पन्न आठौं पदस्थापना समारोहमा वर्ष २०२१÷२२ का अध्यक्ष गंगा शर्माले वर्तमान अध्यक्ष खिममायाँ पाईजा गिरीलाई पद तथा जिम्मेवारी हस्तान्तरण गर्नु भएको हो । पद तथा जिम्मेवारी हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष शर्माले आफ्नो कार्यकाल सफल वनाउन योगदान गर्ने सवैप्रति आभार व्यक्त गर्दै मायाँको चिनोले सम्मान गर्नु भएको थियो ।

जिम्मेवारी ग्रहण पश्चात स्वीकारोक्ती मन्तव्य दिंदै अध्यक्ष पाईजा गिरीले आफ्नो कार्यसमितिका पदाधिकारीहरुको परिचय तथा पदस्थापना गराउनु भएको थियो । क्लवको वर्तमान कार्य समितिमा निवर्तमान अध्यक्षमा गंगा शर्मा, उपाध्यक्षमा मिना जोशी, सचिवमा सिता शर्मा, कोषाध्यक्षमा सरिता भुषाल, आईएसओमा सुजता वि.पौडेल र क्लव इडिटरमा तुलसी वि. पौडेल रहनु भएको छ । क्लवका अन्य कार्यकारिणी सदस्यमा गिता गिरी, लक्ष्मी उपाध्याय, गौरी गिरी, कल्पना ढकाल, सर्मिला शर्मा र राधा पौडेल रहनु भएको छ

पदस्थापना समारोहमा विगतमा झै यस वर्ष पनि इनरह्वील व्यवसायिक तथा असल गृहणी सम्मान वितरण गरिएको छ । स्थानीय कुश्मा वजारमा सिलाई कटाई व्यवसाय गर्दै परिवार उचित व्यवस्थापन गर्दै आउनु भएकी कमला परियारलाई र विरामी श्रीमान्को स्याहर सुसार गर्दै लालावालाको उचित पालन पोषण गर्दै आउनु भएकी कुश्मा नगरपालिका वडा नं. २ निवासी शुसिला गिरीलाई असल गृहणी सम्मान प्रदान गरिएको छ । दुवै सम्मानित व्यक्तित्वलाई दोसल्ला, सम्मान पत्र र पाँच हजार नगद पुरस्कार प्रदान गरिएको छ । यि दुवै सम्मानको सौजन्य स्थापनाकाल देखि नै अमरटिका प्रतिष्ठान नेपालले गर्दै आएको छ ।

पदस्थापना समारोहमा प्रमुख अतिथिको आसनवाट वोल्दै इनरह्वील डिष्ट्रिक नेपालका चियरमेन सिमा झाले महिलाहरुले घर देखि समाज व्यवस्थापन गर्दै आएको र भविस्य दिनमा राष्ट्रका हरेक क्षेत्रमा महिलाहरुले व्यवस्थापकीय भुमिका निर्वाह गर्न आफ्नो क्षमता विकासमा जोड दिनुपर्ने वताउनु भयो । उहाँले इनरह्वील क्लव र सदस्यको वृद्धिसंगै दिनदुखीले पाउने सेवामा पनि वृद्धि हुँदै जाने भएकाले इनरह्वील क्लव र क्लवका सदस्य सख्या विस्तारमा जोड दिनुपर्ने वताउनु भयो । क्लवको उत्कृष्ठ कार्यको प्रमुख अतिथि झाले खुलेर प्रशंसा पनि गर्नु भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथि  नेष्डो समृद्ध समूहका अध्यक्ष एवम् रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले परिवार जतिसुकै स्रोत सम्पन्न भए पनि महिलाको अवस्था कमजोर हुने भन्दै इनरह्वील महिलाहरुको इज्यत, प्रतिष्ठा र क्षमता अभिवृद्धिका लागि उत्तम थलो भएको वताउनु भयो । उहाँले इनरह्वील जस्ता संस्थामा आवद्ध भए पश्चात समय र स्रोत साधनको व्यवस्थापनमा ध्यान दिनुपर्ने वताउनु भयो ।

समारोहमा क्लवका संस्थापक अध्यक्ष लक्ष्मी कुमारी मेधासी, रोटरी क्लव अफ पर्वतका अध्यक्ष कृष्ण प्रसाद शर्मा, पुर्व अध्यक्ष गोपी अधिकारी, रोट्याक्ट क्लव पर्वतका अध्यक्ष अर्जुन के.सी., क्लवका कोषाध्यक्ष सरिता भुषालले इनरह्वील क्लव अफ पर्वत जिल्लाकै उत्कृष्ठ सेवामुलक संस्थाको रुपमा स्थापित भएको वताउनु भयो ।क्लवको वर्तमान कार्य समितिमा निवर्तमान अध्यक्षमा गंगा शर्मा, उपाध्यक्षमा मिना जोशी, सचिवमा सिता शर्मा, कोषाध्यक्षमा सरिता भुषाल, आईएसओमा सुजता वि.पौडेल र क्लव इडिटरमा तुलसी वि. पौडेल रहनु भएको छ । क्लवका अन्य कार्यकारिणी सदस्यमा गिता गिरी, लक्ष्मी उपाध्याय, गौरी गिरी, कल्पना ढकाल, सर्मिला शर्मा र राधा पौडेल रहनु भएको छ ।

क्लवको आँठौ पदस्थापना समारोह क्लवका वर्तमान अध्यक्ष खिममायाँ पाईजा गिरी एवम् निवर्तमान अध्यक्ष गंगा शर्माको संयुक्त अध्यक्षता, कार्यकारीणी सदस्य गिता गिरीको स्वागत, क्लव इडिटर तुलसी वि.पौडेलको धन्यवाद एवम् क्लवका उपाध्यक्ष मिना जोशीको सञ्चालनमा सम्पन्न भएको क्लवका पुर्व अध्यक्ष सावित्री खत्री क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज