घट्याे सुनचादीकाे मुल्य

हाम्राे प्रयास ।     पछिल्लाे समय दैनिक उक्कालाे लागेकाे सुनचाँदीकाे मुल्य आज घटेको छ । सुनको मुल्य तोलामा ६ रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा ५ सय रुपैयाँ नै घटेर तोलाको ९५ हजार १ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको १२ सय ५ रुपैयाँमा झरेको छ । हिजो पनि चाँदी तोलामा २० रुपैयाँ नै घटेर तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा अस्थिरता आएकाले सुनचाँदीको भाउ घटबढ भैरहेको महासंघ अन्तरर्गतको भाउ निर्धारण समिति संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज