भारतीय स्टार्सहरु आफ्नै विभिन्न कारणहरुले गर्दा चर्चामा रहने गरेका छन् । कहिलेकाँही उनीहरुको फिल्मको चर्चा हुने गर्छ भने कहिलेकाँही उनीहरुको व्यक्तिगत जीवनको विषयमा पनि चर्चा हुने गर्छ ।
१. अमिताभ बच्चन
भारतीय स्टार अमिताभ बच्चन आफ्नो हातमा २ वटा घडी लगाउने गर्छन् । जब अभिषेक र ऐश्वर्या राय विदेश भ्रमणमा रहँदा विदेशको समय मिलाउन दुईओटा घडी लगाउने गरेका उनलाई अहिले भने दुईओटा घडी लगाउने बानी नै परिसकेको छ । उनी सधैं दुईओटा घडी लगाउने गर्छन् ।
२. शाहरुख खान
शाहरुख खानलाई आफ्नो जुत्ताप्रति निकै लगाव रहेको छ । उनी दिनमा एकपटक वा बढीमा दुईपटक मात्र आफ्नो जुत्ता फुकाल्ने गर्छन् । कहिलेकाँही त उनी जुत्ता नफुकालीकनै सुत्ने गरेको उनी आफैंले बताएका थिए ।
३. विद्या बालन
विद्या बालनसँग ८०० भन्दा बढी सारीहरु रहेका छन् । एक अन्तर्वार्ताको क्रममा उनले आफ्नो सपनामा पनि सारीहरु देख्ने गरेको बताएकी थिइन् । साथै उनको मोबाइल बोक्ने बानी छैन । उनी धेरै दिनसम्म पनि मोबाइल चलाउँदिनन् । जसको कारण उनको धेरै कार्यक्रमहरु पनि छुट्ने गरेको छ ।
४. सन्नी लियोन
अभिनेत्री सन्नी लियोनलाई १५ मिनेटमा नुहाउने बानी छ । उनको यो बानीको कारण सुटिङमा धेरै समस्या आउने गरेको छ तर उनको बानीको अगाडि कसैको पनि केही लाग्दैन ।
५. सैफ अली खान
सैफअली खानलाई आफ्नो बाथरुम निकै प्रिय लाग्छ । उनी घण्टौंसम्म पनि बाथरुममा बस्न सक्छन् । उनी बाथरुममै किताब तथा पत्रिका पढ्ने गर्छन् ।
६. करिना कपुर
करिना कपुरको नङ टोक्ने बानी छ । धेरै मानिसहरुको नङ टोक्ने बानी हुन्छ, त्यस्तोमध्येकी करिना पनि एक हुन् ।
७. दीपिका पादुकोण
दीपिका पादुकोणको मानिसलाई घुरेर हेर्ने बानी छ । विशेषगरी उनी एयरपोर्टमा हुँदा मानिसहरुलाई घुरेर हेर्ने गर्छिन् ।
८. सलमान खान
सलमान खानको घरमा हरेक किसिमको साबुन पाइन्छ । उनलाई साबुनको कलेक्सन राख्ने बानी छ ।
९. आयुष्मान खुराना
यी अभिनेतालाई निकै अचम्मको बानी छ । उनी जहाँ मौका मिल्छ, त्यहाँ ब्रस गर्ने गर्छन् ।