सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । गुटगत विवादका कारण नेता तथा कार्यकर्ताहरु पनि कुनै एक नेताको गुटमा गोलबन्ध हुने क्रम बढेको छ । नेकपामा बिशेषतः ३ गुट माकुने माधव कुमार नेपाल, प्रचण्ड र ओली छन् ।
कार्यकारी अध्यक्ष प्रचण्डले नेपाल, झलनाथ खनाल लगायत नेताहरूसँग मिलेर ओलीइतर समूह निर्माण गरिरहदा पूर्व माओवादीका नेताहरू ओलीको कित्तामा पुगेका छन् । यी नेताहरुले पछिल्लो समय प्रधानमन्त्री ओलीको खुलेरै समर्थन तथा सरकारको सार्वजनिक रुपमै समर्थन र वचाउ गरेका थिए । रामबहादुर थापा बादल,टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट प्रचण्ड–माधव पक्षको बैठकमा उपस्थित भएनन् ।
रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, जनार्दन शर्मा, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मणि थापा, देवेन्द्र पौडेल, प्रभु साह, चक्रपाणि खनाल र माधव नेपाल समूहका नेताहरू पर्यटनमन्त्री योगेश भट्टराई र कृषिमन्त्री घनश्याम भुषालले पनि ओलीलाई साथ दिँदै आएका छन् ।
यी हुन् ओलीलाई साथ दिँदै आएका नेपाल–प्रचण्ड पक्षका यी ११ नेता:
१.रामबहादुर थापा ‘बादल’
२. टोपबहादुर रायमाझी
३. लेखराज भट्ट
४. हरिबोल गजुरेल
५. जनार्दन शर्मा
६. मणि थापा
७. घनश्याम भुषाल
८. प्रभु साह
९. योगेश भट्टराई
१०. चक्रपाणि खनाल
११. देवेन्द्र पौडेल