लुम्बिनी प्रदेशका कांग्रेस प्रमुख सचेतक हटाइए,फखरुद्दिन खान नयाँ प्रमुख सचेतक

नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक सुरेन्द्र हमाललाई लुम्बिनी प्रदेशसभा दलका नेता विरेन्द्र कुमार कनौडियाले हटाएका छन् । हामलको स्थानमा फखरुद्दिन खानलाई नयाँ प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । नवनियुक्त खान गत निर्वाचनमा रुपन्देही- ५ ख बाट प्रत्यक्ष निर्वाचित भएका थिए। कनौडियाले हटाएका हमाल बाँके २ ‘ख’बाट प्रत्यक्षतर्फ विजयी भएका थिए।

कनौडियाले पार्टीको संसदीय दलको विधान २०७४ को दफा ११(१) अनुसार खानलाई नियुक्त गरेको जानकारी गराएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज