बैंगलाेर सँग कलकत्ताकाे लज्जास्पद हार

हम्राेप्रयास । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा काेलकत्ता नाइटराइडर्सकाे लज्जास्पद हार भएकाे छ । गएराती अबुधाबीमा भएकाे खेलमा नाइटराइडर्स रोयल च्यालेन्जर्स बैंग्लोरसँग ८ विकेटले पराजित भयाे । पहिले टस जितेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । ८५ रनको सहज लक्ष्य बैंग्लोरले दुई विकेट गुमाउँदै हासिल गर्यो ।

बैंगलोरका देवदत्त पडिक्कल र आरोन फिन्चले पहिलो विकेटका लागि ४६ रन साझेदारी गरे । देवदत्त १७ बलमा २५ रन बनाएर आउट भए । फिन्चले १६ रन जोडे । त्यसपछि बैंगलोरका कप्तान विराट कोहलीले नटआउट १८ र गुरकिरत सिंहले नटआउट २१ रन थपे । यससँगै बैंगलोरले १३.३ ओभरमा आठ विकेटको सहज जित हासिल गर्यो । कोलकाताका फर्ग्युसनले १७ रन खर्चेर दुई विकेट लिए । यो जितसँगै बैंगलोर १४ अंक सहित तालिकाको दोस्रो स्थानमा पुगेको छ । कोलकाता भने १० अंकसहित चौथो स्थानमा छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताको प्रदर्शन खराब रह्यो । शुभम गिल र राहुल त्रिपाठी १–१ रनमा आउट भए । नितिश रानाले खाता नै खोल्न सकेनन् । टम ब्यानटन १० र दिनेश कार्तिक ४ रनमा आउट हुँदा इयान मोर्गनले ३० रन जोडे । फर्ग्युसन १९ रनमा नटआउट रहे ।

बलिङततर्फ मोहम्मद सिराजले ३ विकेट लिए । सिराज म्यान अफ द म्याच भए । यसैगरी युजवेन्द्र चहलले २ तथा नवदीप सैनी र वाशिङ्गटन सुन्दरले एक–एक विकेट झारे ।

हिजाेकाे खाेलमा बनेका नयाँ किर्तिमान

  1. रोयल च्यालेन्जर्स बैंगलोरले कोलकत्ता नाइट राइडर्समाथि ८ विकेटको जित निकाल्दा मोहम्मद शिरज एकै पारीमा दुई मेडन राख्ने पहिलो खेलाडी बनेका छन्।
  2. चार ओभर बलिङ गरेका शिरजले पहिलो दुई ओभर कुनै रन नदिई बल गरेका थिए। जहाँ उनले तीन विकेट लिए।
  3. सयभन्दा धेरै ओभर बलिङ गरेका आईपीएलका ९२ बलर मध्ये उनले यसअघि ९.२९ को खराब इकोनोमी राखेका थिए। तर गएरातिको खेलमा भने मात्र २.० इकोनोमी प्रदान गरेका गर्दै उकृष्ट पारी खेल्ने बलरको तालिकामा शीर्षस्थामा पुगेका छन्।
  4. उनले चार अभर खेलेर दुई मेडन राख्दै तीन विकेट लिए भने मात्र ८ रन प्रदान गरे।
  5. त्यस्तै, बैंगलोरले कोलकत्ताविरुद्ध एकै खेलमा चार मेडन राखेको छ। शिरजबाहेक क्रिस मोरिस र वाशिंटन सुन्दरले पनि १–१ मेडन राखेका थिए। यसअघि कहिल्यै पनि एकै पारीमा दुई मेडन भन्दा धेरै भएको थिएन।
  6. आईपीएल इतिहासमा कोलकत्ता दोस्रो धेरै डबट बल सामना गरेको छ। बैंगलोरले ७२ डट बल फालेको थियो। गत वर्ष आईपीएलमा कोलकत्ताले नै चेन्नईविरुद्ध ७५ डट बलको समान गरेको थियो। क्रिकेटमा कुनै रन नआएको बललाई डट बल भनिन्छ।
  7. कोलकत्ताले बनाएको ८४ रन सबै खेलाडी आउट नभइकन बनाएको सबैभन्दा सानो स्कोर हो। यसअघि सन् २०११ मा टी २० मा मुम्बईले राजस्थानविरुद्ध ८ विकेट गुमाएर ९४ रन बनाएको थियो।
  8. कोलकत्ताका शीर्ष तीन ब्याट्स्मेनल बनाएको स्कोर पनि दोस्रो सानो हो। पहिलो सानो भनेको तीन डक्स थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज