हाम्राेप्रयास । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती दुबईमा सम्पन्न खेलमा हैदराबादले राजस्थानलाई ८ विकेटले हराएको हो। दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो।
उसको जितमा पाण्डे र शंकर अर्धशतकीय इनिङ्स खेले। पाण्डे ८३ रनमा अविजित रहदा शंकरले नटआउट ५२ रनको योगदान दिए। पाण्डे र शंकरले तेस्रो विकेटका लागि अविजित १ सय ४० रनको साझेदारी गरे। यस्तै जोनी बेयरस्टोले १० र कप्तान डेभिड वार्नर ४ रनमा आउट भए। राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो।राजस्थानका लागि सन्जु सामसनले ३६ रन जोड्दा बेन स्टोक्सले ३० रन बनाए। यस्तै रियान परागले २० रन जोड्दा कप्तान स्टिभ स्मिथले १९ रन जोडे। रोबिन उथप्पा १९ रनमा आउट हुँदा जोस बट्लरले ९ रन बनाए। जोफ्रा आर्चर १६ रनमा अविजि रहे। हैदराबादका जासन होल्डरले ३ विकेट लिए। विजय शंकर र राशिद खानले १/१ विकेट लिए।
जितसँगै हैदराबादले १० खेलमा ८ अंक जोडेको छ। हैदराबाद तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ। राजस्थानले भने ११ खेलमा ८ अंक जोडेको छ। राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ। यस्तै हैदराबादले राजस्थानसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ। सिजनको पहिलो भेटमा राजस्थानले हैदराबादलाई ५ विकेटले हराएको थियो।