१० वर्षीया बालिकालाई बन्धक बनाइ करणी गर्ने जनकपुरका एक पुरुष पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने भारतको विहार सीतामढीका ५१ वर्षीय वीरेन्द्र साहलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ती व्यक्तिले सबैला नगरपालिका घर भई जनकपुरमा डेरा गरी बस्ने राम्रोसँग बोल्न नसक्ने बालिकालाई बन्धक बनाई करणी गरेका थिए । घरमा कोही नभएको मौकामा साहले बालिकालाई चकलेटको लोभ देखाइ डेरामा लगी करणी गरेको प्रहरीले जनाएको छ ।
बालिकाको परिवार र साह एउटै घरमा डेरा गरी बस्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।