मुस्कान
कविता
मुस्कानबिनाको
मुहार आतंकले
त्रसित छन मान्छे ।
बिना मुस्कानको
स्कुल
घर
अफिस
रेष्ट्रुरा
घर
मन्दिर
अस्पताल
कारागार
भेट
बिदाई
प्रेम
यौन
कविता
कथा
गीत
समाचारमा,
मान्छेहरु खाली पन्नाजस्तो
अनुहार बोकेर भड्किरहेछन् ।
छाँया बनेर गुजारिरहेछन्
संवेदनाहिन दैनिकी ।
यो विस्माती घडिमा,
तपाईँ र म नै त हौँ नामुद पागल यो सहरको
आउनुस
एक बोतल आँसु बोकेकोछु आँखामा
तपाईँ आफ्नो मुटुको सितन बनाउनुहोस
र पिउँ मुसुमुसु मुस्काउँदै
पिएस्पी चाम्लिङ राई
राम्रो छ सर हजुर को रचना निरन्तरता पाईरहोस यी कबिताहरुले
मुस्कान लाई केबल ओठहरुमा मात्र हैन, शरिरका सम्पूर्ण अङ्गहरुमा साथै जिवनको सबै साना तथा ठुला परिघटना वा घटनाहरुमा स्थान दिन सकियो भने यस शब्दले सार्थकता पाउनेछ । यस्तै-यस्तै रचनाहरु निरन्तर पढ्न र देख्न पाइरहु ।